२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


झापा गोल्डकप फागुन १९ देखि, विजेतालाई १२ लाख


0
Shares

झापा–११ फुटबल क्लबको आयोजनामा झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ ।

मूल आयोजक समितिले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेता टोलीलाई यो वर्ष १२ लाख र उपविजेतालाई ६ लाख रुपैयाँ पुरस्कार दिइने जानकारी गराएको हो । अघिल्लो वर्ष विजेता टिमले सात लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

प्रतियोगितामा एउटा विदेशी टिमसहित १० टिम सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।

प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लब, थ्रीस्टार, आयोजक झापा–११, हिमालयन शेर्पा क्लब, सुदूरपश्चिम–११, रुपन्देही–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब सहभागी हुने जनाइएको छ ।

त्यस्तै, भारतको सिक्किम युनाइटेडले पनि प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको आयोजकको भनाइ छ ।