Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


दोस्रो उराय कप फुटसल सुरु


0
Shares

बाफलस्थित युनाइटेड फुटसलमा आयोजित प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच ३ नम्बर प्रदेशका भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले उद्घाटन गरे ।

स्थापित समाजको युवा समूह स्थापित खलः युवा पुचले आयोजना गरेको दुईदिने प्रतियोगितामा स्थापित समुदायका ११ टोली सहभागी छन् ।

उराय समाजका युवालाई खेलकुदमा प्रोत्साहित गर्न तथा एकापसमा हार्दिकता बढाउन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।