२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


माटोको ढिस्कोले पुरिएर सासु–बुहारीको मृत्यु


0
Shares

अपरान्ह सवा ४ बजे माटो खन्ने क्रममा अचानक ढिस्को खसेर मान्छे पुरिएको जानकारी पाउनासाथ प्रहरी चौकी मादी रामबेनीबाट उद्धारमा खटिएको टोलीले सोही ठाउँ बस्ने दल बहादुर विककी श्रीमती ५५ वर्षीया टिकामाया विक र निजकै बुहारी २३ वर्षीया मनिषा विकको शव माटोले पुरिएको अवस्थामा फेला पारेको थियो ।

घटनाबारे आवश्यक कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको उक्त प्रहरी कार्यालयले जनाएको छ ।