Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


यी हुन् विश्वकप क्रिकेट छनोट खेल्ने नेपाली खेलाडी


0
Shares

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।

घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् ।

वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् ।

यही फागुन २० गतेदेखि सुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ छन् ।

नेपालले आफ्नो पहिलो खेल फागुन २० गते जिम्बाब्वेसँग खेल्नेछ भने दोस्रो खेल फागुन २४ गते स्कटल्यान्डसँग, तेस्रो २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते हङकङसँग खेल्नेछ ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले सन् २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउनेछन् । रासस