२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फोहोर गर्नेलाई ठाउँका ठाउँ दन्ड : मन्त्री पण्डित


0
Shares

वाग्मती बचाउ अभियान नेपाल र राधिका ट्रष्ट नेपालले संयुक्तरुपमा सोमबार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले वातावरण स्वच्छ राख्न निर्दयी कदम चाल्नका लागि आफू तयारी अवस्थामा रहेको बताए ।

मन्त्री पण्डितले वातावरणलाई स्वच्छ राख्न र मानवमैत्री वातावरण बनाउन आफू ऐन तथा नियम नै संशोधन गर्ने पक्षमा रहेको बताउँदै प्लास्टिकको थुप्रोले विष्णुमतिको दोभानमा ‘सगरमाथाकोजस्तै चचुुरो’ बनाएकोमा चिन्ता व्यक्त गरे ।

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले सरकारको अब मुख्य ध्यान नै विकास र समृद्धि भएको बताउँदै वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दिशातर्फ अघि बढ्ने बताइन् ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले सूचनाको पहुँच सबै नागरिकमा पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

ट्रष्टकी अध्यक्ष राधिका पोखरेलले अब नेपालमा चाइल्ड केयर सेन्टर खोल्ने योजनामा रहेको जानकारी गराइन् ।

कार्यक्रममा मन्त्री पण्डित र थापालाई खादा ओढाएर सम्मान गरिएको थियो । रासस