
प्रतियोगिताको उद्घाटन खेलमा विजय युथ क्लब हेटौंडालाई १–० ले पराजित गर्दै काठमाडौंको फ्रेन्ड्स क्लबले विजयी सुरुआत गरेको छ ।
फ्रेन्ड्सको जितमा खेलको २९औं मिनेटमा विदेशी खेलाडी जोनल ग्लोरीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत् बुधबार नारायणगढ फुडबल क्लब (एनएफसी) र एन्फा एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भारतको एकसहित कुल १२ टिमको सहभागिता रहेको छ । चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
दर्शकको सहजताको लागि मैदानमा प्यारापिटको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्