
पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा प्रदेशन ४ का उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रामशरण बस्नेतले नगद एकलाखसहित सम्मानपत्रबाट केसीलाई सम्मानित गरे ।
सम्मानपछि बोल्दै मन्त्री बस्नेतले प्रदेश नं ४ लााई खेलकुदको पूर्वाधारमा प्रदेश सरकारले विशेष प्राथमिकतामा राखिएको बताए ।
साथै केसीले सञ्चालन गरेको राईजिङ क्रिकेट एकेडेमीलाई एक वर्षको लागि आवश्यक क्रिकेट किट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरियो ।
नामिवियामा आयोजित आईसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानडा विरुद्धको खेलमा स्ट्राईकमा रहेको करण केसी र नन स्ट्राइकमा सन्दीप लामिछाने थिए ।
नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रनको खाँचो थियो । स्ट्राईकमा रहेका करणले चार वल डट खेले । अन्तिम दुई बलमा ८ रन चाहियो । पाँचौ बलमा उनले छक्का हिर्काए ।
जितको लागि एक बलमा २ रन आवश्यकता पर्यो । अर्को बल वाईड हुन पुग्यो । म्याच टाई भयो । अन्तिम बलमा एक रन लिदैं १९५ रनको लक्ष्य नेपालले पुरा गर्यो ।
नेपाल लिग डिभिजन १ मा उक्लियो र विश्वकप छनोटको लागि योग्य बन्यो । जसको श्रेय बाग्लुङले करण केसी र सन्दीप लामिछानेले पाए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले अविर, खादा, माला तथा सम्मानपत्र प्रदान गरेका थिए ।
२२ वर्ष भारतको चण्डीगढका विताएका करण २०१४ मा नेपाल फर्किएका हुन् ।
चण्डीगढको गर्भमेन्ट मोडल सिरियर सेकेण्डरी स्कुलबाट दशजोड दुई पास गरेका २६ वर्षिय करणले नेपालको राष्ट्रिय टोलीमा २०१४ र अन्तराष्ट्रिय डेब्यु भने २०१५ बाट डेब्यु गरे
प्रतिक्रिया दिनुहोस्