२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भरत, नवयुग र विकेशलाई आराम, आर्मी स्तब्ध


0
Shares

सोमबार भएको खेलमा फेन्ड्सले आर्मीलाई ‘टाइब्रेकर’मा ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टिमले एक/एक गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा आर्मीका तीन खेलाडी गोल गर्न चुके भने फ्रेन्ड्सका दुई खेलाडीले गोल गर्न सकेनन् ।

यसअघि, खेल सुरु भएको तेस्रो मिनेटमै विदेशी खेलाडी जोनल ग्लोरीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, आर्मीका कप्तान जर्जप्रिन्स कार्कीले खेलको १८औं मिनेटमा फ्रिकिकमार्फत् आकर्षक गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

आर्मीले केही दिनअघिमात्र सकिएको तेस्रो हेटौंडा गोल्डकपको उपाधि जितेको थियो । जसका कारण आर्मीले यो खेलमा स्टार खेलाडीहरु भरत खवास, नवयुग श्रेष्ठ र गोलरक्षक विकेश कुथूलाई आराम दिएको थियो ।

प्रतियोगिताअन्तर्गत् मंगलबार थ्रीस्टार क्लब र नारायणगढ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

चितवनकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुनेछ ।