२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल र हङकङबीचको अभ्यास खेल स्थगित


0
Shares

बिहीबार हङकङसँग खेल्नुपर्ने अभ्यास खेल वर्षाले गर्दा स्थगित भएको हो ।

वर्षाले गर्दा टससमेत हुन नसकेपछि खेल एक बल पनि नखेली स्थगित भएको हो ।

यसअघि, पहिलो अभ्यास खेलमा पनि वर्षा बाधकपछि खेल २९ ओभरमा झारेर नेपालले युएईसँग खेलेको थियो । युएईविरुद्ध नेपाल ५ विकेटले विजयी भएको थियो ।

१० राष्ट्र सहभागी विश्वकप छनोट प्रतियोगितामा समूह ‘बी’मा रहेको नेपालसँगै आयोजक जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ रहेका छन् ।

अर्को समूहमा वेस्ट इन्डिज, नेदरल्यान्ड्स, पपुवा न्यूगिनी, युएई र आयरल्यान्ड छन् । हरेक समूहका उत्कृष्ट तीन टोली ‘सुपर सिक्स’मा पुग्नेछन् ।

फाइनल पुग्ने दुई टोली अर्को वर्ष इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटमा छानिनेछन् ।

यसैगरी, शीर्ष तीन स्थानमा पर्न सफल एसोसिएट राष्ट्रले आगामी चार वर्षका लागि एक दिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउनेछन् ।