
बझाङ, फागुन १९ । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ ।
खप्तडछान्ना गाउँपालिका–३ की ३० बर्षिया रतनादेवी पाध्या र वडा नम्बर २ की २८ बर्षिया सरितादेवी जोशीको मृत्यु भएको हो ।
घर लिप्ने माटो लिन गएकाहरुलाई माटोको ढिस्कोले पुरेको हो । घटनामा सरस्वती पाध्या र किणी पाध्या घाइते भएका छन् ।
सरस्वतीको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्