३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


बसको ठक्करबाट वृद्धको मुत्यु


0
Shares

मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका–६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना५ख ३१०१ नम्बरको बसले थापालाई ठक्कर दिएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत् लमही नगरपालिका–१, सुनडबरीमा थापालाई उक्त बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

थापा तुलसीपुरमा रहेका छोरालाई भेट्न दाङ आउँदै गर्दा दुर्घटनामा परेका थिए ।

गम्भीर घाइते थापालाई लमही अस्पताल पुर्‍याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस