३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुईजना समातिए


0
Shares

काठमाडौं, असार १३ । महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान–प्रतिष्ठामा आघात पुर्‍याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुईजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले ‘न्यूज २४’ टेलिभिजनमार्फत् प्रसारण हुने ‘सीधा कुरा जनतासँग’उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाइ सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भइ ललितपुर बस्ने विनोद गौतम र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई मंगलबार पक्राउ गरेको हो ।

गौतमलाई टेकु र ढकाललाई नवलपरासीको सुनवलमा पक्राउ गरी बुधबार काठमाडौं ल्याइएको हो ।

उनीहरुलाई विद्युतीय कारोबार ऐनअन्तर्गत् महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम रु एक लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । रासस