२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सुनचाँदी व्यवसायी हत्याको विरोधमा बिर्तामोड बन्द


0
Shares

बिर्तामोड उद्योग बाणिज्य संघको आह्वानमा मंगलबार एक दिनका लागि बिर्तामोड बजार बन्द गरिएको हो । संघका अध्यक्ष कुमार भट्टराईले व्यवसायी हत्याको विरोधमा बजार बन्द गरिएको बताए ।

फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा हात पछाडी बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा फेला परेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजु धमलाले बताए ।

यता, घटनामा संलग्न भएको अभियोगमा प्रहरीले केही सुनचाँदी व्यवसायी सहित तीन जनालाई पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान पूरा भएपछि पक्राउ परेकाको नाम पत्रकार सम्मेलन मार्फत् मंगलबार दिउँसो सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोईरालाले बताए ।