
सिंहदरबारस्थित रक्षा मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीचमात्र नभइ प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको बताए ।
नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पुर्याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उनले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा राखे ।
राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा साँस्कृतिकरुपमा पनि मजबुत् रहेको चर्चा गरे ।
राजदूत पुरीले नेपाली सेनाले सुरक्षाको क्षेत्रमा पुर्याएको अन्तर्राष्ट्रिय योगदानको सराहना गर्दै नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि तालिम, उपकरण र अन्य विभिन्न क्षेत्रमा सहयोग निरन्तर रहने बताए । रासस
प्रतिक्रिया दिनुहोस्