
चालकहरुको आन्दोलन स्थगनसँगै पूर्वी नेपालमा बढेको तेलको संकट मत्थर हुने देखिएको छ ।
झापा जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको सर्वपक्षीय वार्तापछि ढुवानी मजदुरले आन्दोलन स्थगित गरेका हुन् ।
वार्तामा सात सदस्यीय मजदुरहरुको तलब–भत्ता समायोजन समिति गठन गर्ने सहमति भएको छ ।
पेट्रोलियम डिलर्स एसोसिएसन मेचीका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाको संयोजकत्वमा मजदुर, आयल निगमका कर्मचारी र डिलर्स पदाधिकारी सम्मिलित समिति गठन गरिएको हो ।
विगत दुई दिनदेखि ट्यांकर मजदुर आन्दोलित हुँदा पूर्वमा पेट्रोल र डिजेल अभाव हुन थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्