
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको बैंकको काउन्टरबाट ५ लाख रुपैयाँ चोरिएको बैंकका सहायक म्यानेजर दिनेश अधिकारीले जानकारी दिए ।
सोमबार बिहानमात्र चोरी भएको थाहा पाएपछि बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
चोरीको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
लुटेराहरुको समूहले तीनओटा ताला फोडेर बैंकमा रहेको नगद लुटेर लगेका हुन् । बैंकको रकम राख्ने ‘भल्ड’मा रहेको १० लाख ७९ हजार रुपैयाँ भने लुटेराहरुले लैजान असफल भएका छन् ।
सनराइज बैंकले प्रतिष्ठानको बिल काउन्टरको ठेक्का लिएर रकम संकलन गर्दै आएको छ ।
लुटेराहरुले बैंकको ढोकाबाहिर र भित्र रहेको दुईओटा सीसी क्यामरा तोडफोड गरी टेलिफोन र सीसी क्यामराको तार चुडाएर लुटपाट गरेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्