
काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–३, इचंगुमा शुक्रबार सम्पन्न प्रतियोगिताको मुख्य स्पर्धामा मगरले बाजी मारेका हुन् ।
कठिन र भिरालो बाटोमा निर्माण गरिएको १.२ किलोमिटरको दूरी २ मिनेट ४ सेकेन्डमा पूरा गर्दै यति हिमालयन क्लबका मगरले उपाधि जितेका हुन् ।
उनीभन्दा १० सेकेन्ड ढिला रेस सकाएका हिमालयन सिंगल ट्रयाकका जेभी लिम्बू दोस्रो हुँदा ग्य्राभिटी नेपालका सुमन तामाङ तेस्रो भए ।
महिलातर्फ एकमात्र सहभागी काभ्रेकी निस्मा श्रेष्ठले २ मिनेट ५६ सेकेन्डको समय निकाल्दै पहिलो भइन् ।
पुरुष जुनियर विधामा प्राचित थापामगर पहिलो भए । ग्य्राभिटी नेपालका प्राचितले २ मिनेट १३ सेकेन्डमा दूरी पूरा गरे ।
उनीभन्दा १२ सेकेन्ड ढिला दूरी पूरा गरेका हिमालयन सिंगल ट्रयाकका निरभ श्रेष्ठ दोस्रो हुँदा निरन गिरी तेस्रो स्थान हासिल गरे ।
यसैगरी, पुरुष मास्टर्सतर्फ २ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै द पम्प साइक्लिङ क्लबका टोनी प्रजापति पहिलो भए । यो स्पर्धामा विनेश तुलाधर दोस्रो हुँदा बिमल गुरुङ तेस्रो भए ।
विदेशी खेलाडीहरुलेसमेत प्रतिस्पर्धा गर्न पाउने ओपन स्पर्धामा चेक गणतन्त्रका ओद्रे होभाक पहिलो हुँदा उनकै चेक सहकर्मी टामस जेज्धा दोस्रो तथा भारतका रिङ्कु ठाकुर तेस्रो भए ।
नेपाल साइक्लिङ संघले आयोजना गरेको प्रतियोगितामा २७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
संघले शनिबार नागार्जुन नगरपालिकाको सोही ठाउँमा क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिप आयोजना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्