१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


घुस लिँदालिँदै भूमिसुधार कार्यालय भक्तपुरका नासु रंगेहात पक्राउ


0
Shares

नासु भुजेललाई सेवाग्राहीबाट घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–८, सुडालको जग्गाको मोही नामसारी गरिदिनेक्रममा सेवाग्राहीबाट १० हजार रुपैयाँ नगद लिँदैगर्दा भुजेललाई शुक्रबार दिउँसो कार्यालयबाटै अख्तियार टोलीले पक्राउ गरेको जनाइएको छ ।