
केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिका ३२२ रनले विजयी भयो । ४३० रनको चुनौती पाएको अष्ट्रेलियाले १०७ रनमात्र बनाउन सक्यो ।
यसअघि, दक्षिण अफ्रिकाले ३११ र ३७३ रन बनाएको थियो भने अष्ट्रेलियाले २५५ रन बनाएको थियो ।
पहिलो इनिङ्समा ४ तथा दोस्रो इनिङ्समा ५ विकेट लिएका मोर्ने मोर्केल ‘म्यान अफ द म्याच’ घोषित भए ।
बल बिगारेको आरोपमा अष्ट्रेलियाली कप्तान स्टीभन स्मिथ र उपकप्तान डेविड वार्नरलाई पदबाट हटाइएको थियो ।
यो हारसँगै अष्ट्रेलिया चार खेलको शृंखलामा २–१ ले पछि परेको छ । चौथो खेल शुक्रबारदेखि जोहानेसबर्गमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्