
यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाकाअनुसार बुधबार राति घरमा कोही नभएको मौकाछोपी सहिदनगर नगरपालिका–८, बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् ।
आरोपीद्वयले बालिकाका आमाबुवा बाहिर गएको मौकाछोपी बालिकालाई हातमुख बाँधेर अपहरण शैलीमा घरभन्दा एक किलोमिटर पर खेतमा लगेर पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् ।
बलात्कारपछि सो घटनाको भिडियोसमेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्कीसमेत दिएको उनको गुनासो थियो ।
पीडित बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इलाका प्रहरी कार्यालयले जनकपुर अञ्चल अस्पताल पठाएको छ भने घटनामा संलग्न फरार दुवै अभियुक्तको खोजतलास भइरहेको प्रहरी निरीक्षक पवन झाले बताए । रासस
प्रतिक्रिया दिनुहोस्