२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने ‘धुर्मुस’को घोषणा


0
Shares

चारओटा नमुना बस्ती निर्माण गरी समुदायलाई हस्तान्तरणसमेत गरिसकेका धुर्मुसको काममा देश–विदेशमा रहेका आमनेपालीको विश्वास रहेको छ ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपनि उनीहरुले अभ्यास गर्ने र अन्तर्राष्ट्रिय खेल खेलाउने क्रिकेट रंगशाला नहुँदा रंगशाला बनाउन जनस्तरबाट पनि माग भइरहेको थियो ।

बिहीबार आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले संयोजन गर्ने घोषणा गरेका हुन् ।

यसका लागि चाँडै रंगशाला निर्माण समिति बन्ने र त्यही समितिको रोहबरमा रंगाशाला बनाइने उनले उल्लेख गरेका छन् ।

‘यो अभियान धुर्मुस–सुन्तली फाउन्डेसनकोमात्रै नभइ राष्ट्रकै अभियान हो’– उनले फेसबुक स्टाटसमा लेखेका छन् ।

यो परियोजना सरकारलाई सघाउन भएको भन्दै उनले यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग र समन्वय गर्ने विश्वास व्यक्त गरेका छन् ।

धुर्मुसको फेसबुक स्टाटस पढ्नोस्