२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कपिलवस्तुमा गोली प्रहार गरी एक व्यक्तिको हत्या


0
Shares

मनिष गुप्ता/ईमेज:

कपिलबस्तु । कपिलवस्तुमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।

गत वर्ष सम्पन्न प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका दिपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको हो ।

शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले गएराति उनलाई गोली प्रहार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पुर्‍याउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गोली प्रहार भएको स्थानमा गोलीका ३–४ खोका भेटिएको जनाउँदै केहि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।