२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बालिका बलात्कार गरी दश वर्षदेखि फरार अभियुक्त पक्राउ


0
Shares

म्याङलुङ्ग नगरपालिका–१ का २९ वर्षीय गोपाल भण्डारीलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले विराटनगरबाट पक्राउ गरेको हो ।

भण्डारी लुकिछिपी विराटनगरमा बस्दै आएको भन्ने सुराकीका आधारमा खोजतलासमा जुटेको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन भुजेलले बताए ।

बालिका बलात्कारको आरोपमा भण्डारीलाई जिल्ला अदालत तेह्रथुमले १२ वर्ष कैदको फैसला सुनाएको थियो ।