२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


लागुऔषधसहित पाँचजना समातिए


0
Shares

मर्यादपुरमा चेकजाँचकाक्रममा लागुऔषध फेलापरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही, बासगढीका दमबहादुर गुरुङ, कपिलवस्तु, वाणगंगा नगरपालिका–१ का वीरेन्द्र खाँण, अर्जुन सेन, सूर्य थापा र कपिलवस्तु नगरपालिकाका कन्हैया कुर्मी छन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध स्पाइस्मो १३० पिस, नाइट्रोजापाम १०५ पिस र दुई बोतल कोरेक्स नेपाल भित्र्याउन लागेको अवस्थामा बरामद गरेको प्रहरीचौकी मर्यादपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक रमेश गुरुङले बताए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको र उनीहरु पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पठाइएको प्रहरी नायब निरीक्षक गुरुङले जानकारी दिए ।