Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


आठ किलो चरेशसहित एकजना पक्राउ


0
Shares

पक्राउ पर्नेमा रोल्पा थवाङ– ५ ठूलोगाउँकी रामप्यारी झाँक्री रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार नियमित जाँचका क्रममा थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना२ख ५६४४ नम्बरको बसको डिकीमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा शंकास्पद वस्तु देखेपछि खोलेर हेर्दा डल्लो आकारमा सो चरेश भेटिएको थियो ।

उक्त झोला झाँक्रीले आफ्नो भएको स्वीकार गरेपछि थप अनुसन्धानका लागि उनलाई इप्रका घर्तीगाउँमा राखिएको प्रहरीले जनाएको छ ।