२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको ट्रकमा १६० किलो चरेस, एक पक्राउ


0
Shares

पक्राउ पर्नेमा ट्रकचालक भारत, उत्तर प्रदेश, मैनपुरीका २५ वर्षीय शशीकान्त रहेका छन् ।

काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको भारतीय ट्रकमा लुकाइ–छिपाइ लैजान लागिएको चरेस बरामद गरिएको हो ।

विशेष सुराकीको आधारमा चेकजाँच गर्नेक्रममा सातओटा प्लास्टिकको बोरामा १६० किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।