२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा सुरु, प्रधानमन्त्रीले दिए निर्देशन


0
Shares

काठमाडौं, मंसिर ५ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको पहिलो चौमासिक समीक्षा थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको बैठकमा भौतिक पूर्वाधार, ऊर्जा, सहरी विकास, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बजेट कार्यान्वयनको अवस्था तथा आन्तरिक समस्याबारे छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले बजेट र नीति तथा कार्यक्रममा भएका कार्यक्रमलाई छिटो कार्यान्वयन गर्न र पहिलो चौमासिकमा पूरा हुन नसकेका लक्ष्यलाई अर्को चौमासिक समीक्षासम्म पूरा गर्न निर्देशन दिएको बैठकमा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

छलफलमा विभागीय मन्त्रीहरुले अन्तर मन्त्रालयगत समस्याका कारण अपेक्षाअनुसार बजेट खर्च हुन नसकेको बताएका थिए ।

सरकारले सबै मन्त्रालयको चौमासिक समीक्षा गर्ने योजनाअनुसार बुधबार ६ ओटा मन्त्रालयको समीक्षा गरेको हो ।

मन्त्रालयको बजेट खर्च समीक्षाअन्तर्गत् बाँकी रहेका मन्त्रालयको बिहीबार र यही मंसिर ८ गते समीक्षा हुने अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।