
गत ३० फागुनमा राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले लामालाइ हतियारसहित पक्राउ गरेको थियो ।
उनीबाट चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको दाबी प्रहरीले गर्दै आएको छ । उनले उक्त हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् ।
तर, अनुसन्धानबाट उनी दोषी देखिएको भन्दै पुर्पक्षका लागि जेल चलान गरिएको हो ।
उनलाई इजाजतबिना हातहतियार लिइ हिँडेको अभियोगमा जिप्रका काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्