
मंगलबार भएको दोस्रो खेलमा सीवाइसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर फाइनलनजिक पुगेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित् २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
महेन्द्रनगरका लागि आरिफ शेखले ३५, पुनित मेहराले २६, करन केसीले २४ तथा रोहित पौडेल ११ रनको योगदान गरे ।
बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले २ विकेट लिए ।
जवाफमा अत्तरियाले २० ओभरमा ४ विकेट गुमाउँदै ११५ रनमात्रै बनाउने सक्यो ।
अत्तरियाका कप्तान सुवास खकुरेलले ३०, विपीन चन्द्राले २८, दीपेन्द्रसिंह एैरीले २७ तथा गौरभ चितकाराले १४ रन जोडे ।
बलिङतर्फ ‘म्यान अफ दी म्याच’ घोषित महेन्द्रनगरका रोबिन क्षत्रीले २ तथा भुवन कार्कीले एक विकेट लिए ।
अब फाइनल प्रवेशका लागि महेन्द्रनगर युनाइटेडले दोस्रो क्वालिफायर खेलमा बुधबार काठमाडौं गोल्डेन्ससँग खेल्नेछ । हारसँगै अत्तरिया प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस्