१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अख्तियार टोलीद्वारा पचास हजार घुससहित नापीका प्रमुख पक्राउ


0
Shares

बिहीबार बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका प्रमुख साहलाई उनकै क्वाटरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु ५० हजार घुससहित पक्राउ गरेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले बताएको छ ।

साहले त्रियुगा नगरपालिका–१० बस्ने बोक्सेका एक सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा रु दुई लाख घुस मागेको र पहिलो किस्तास्वरुप ग्राहकबाट रु पचास हजार आज बिहान ८ बजे क्वाटरमा नै लिएको स्वयं सेवाग्राहीले बताए ।

साहले घुस लिनेबित्तिकै तत्कालै सेवाग्राहीले अख्तियारलाई खबर गरेपछि अख्तियारको टोली कार्यालय पुगेर जाँच गर्दा साहको सिरानबाट रु ५० हजार बरामद गरेको पनि क्षेत्रीय अख्तियार प्रमुख प्रदीपकुमार कोइरालाले बताए ।

यसभन्दा अघि पनि उनले सेवाग्राहीबाट पटक पटक घुस लिएको गुनासो बढ्न थालेपछि साह अख्तियारको निगरानीमा रहँदै आएको अख्तियारले बताएको छ । (रासस)