२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वडाध्यक्षलाई कुटपिट गर्ने पक्राउ, सार्वजनिक अपराधको मुद्दा दर्ता


0
Shares

वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष घिसिङलाई मंगलबार स्थानीय गणेश तामाङले मादक पदार्थ सेवन गरि हातपात गरेका थिए ।

वडाअध्यक्ष घिसिङलाई कुटपिट गर्ने तामाङलाई पक्राउ गरी हिरासतमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी कार्यालय समयमा होहल्ला गर्दै आएका तामाङलाई हल्ला नगर्न अनुरोध गर्दा हातपात गरेको वडाध्यक्ष घिसिङले बताए । कार्यालय समयमा हातपात गर्ने युवालाई कानूनी कारबाही गर्नुपर्ने घिसिङको माग छ ।