२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


९२ किलो गाँजासहित दुई जना भारतीय महिला पक्राउ


0
Shares

मकवानपुर, बैशाख १ । मकवानपुरको मनहरी गाउँपालिकाबाट ९२ किलोभन्दा धेरै अवैध लागूऔषध गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले हेटौंडातर्फ आउन लागेको युपी एफ १८५४ नम्बरको भारतीय गाडिमा अवैधरुपमा गाँजा लिएर आइरहेका भारत मोतीहारीकी ३५ वर्षीया सुमित्रा देवी सहनी र २५ वर्षीया रिन्की देवीलाई पक्राउ गरेको हो ।

फल्स बटम बनाई प्लास्टिकले र्‍यापिङ गरेर ४३ वटा पोका बनाएर लुकाइ राखेको ९२ दशमलव ३८० ग्राम लागू औषधि गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सवारी चालक भने फरार रहेको प्रहरीले जनाएको छ