
काठमाडौं, बैशाख २ । काठमाडौँको एक होटलमा युवतीको हत्या गरी फरार रहेका एक अभियुक्त नेपाल–भारत सीमानाको कंचनपुरस्थित गड्डाचौकीबाट पक्राउ परेका छन् ।
सल्यान जिल्ला शारदा नगरपालिका–१ बस्ने गोपाल शर्मा हत्या आरोपमा पक्राउ परेका हुन ।
प्रहरीले गत चैत २३ गते टोखा नगरपालिका–९ मिलन टोलस्थित भूमेश्वरी गेष्ट हाउसमा एक महिलाको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव फेला परेपछि घटनाको अनुसन्धान अगाडि बढाएको थियो ।
गेष्ट हाउसमा सँगै बसेका गोपालले २२ बर्षिय रिया श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले शर्माको काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्