१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


तीन सवारी–साधन ठोक्किँदा चारजनाको मृत्यु (अपडेट)


0
Shares

उपेन्द्र खनाल (इमेज)

तनहुँ, असार १२ । पृथ्वी राजमार्ग सडकखन्डको आबुखैरेनी–१, बरादीमा मंगलबार तीनओटा सवारी–साधन ठोक्किँदा चारजनाको मृत्यु भएको छ भने अरु पाँचजना घाइते भएका छन् ।

आबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग१ख ३०७३ नम्बरको यात्रीबहाक बस, विपरीत दिशाबाट आएको बा१७च १८१४ नम्बरको भ्यान र मुग्लिनबाट डुमेतर्फ जाँदै गरेको ग५प १९४४ नम्बरको मोटरसाइकल एकापासमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी पर्वतका २५ वर्षीय कमल लामिछाने र उनकी दुई वर्षीया छोरी ममता लामिछाने, आबुखैरेनी गाउँपालिका वडा नम्बर–४ का नुनबहादुर खवास र दिलबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइेतमध्ये दुईजनाको स्थानीय अस्पताल र अरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।