Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सशस्त्रको पहिलो जित


0
Shares

काठमाडौं, मंसिर ३ । सशस्त्र प्रहरीको एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै एपीएफले लिगमा पहिलो जित दर्ता गरेको हो ।

एपीएफको जितमा प्रविन स्याङतानले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपीएफलाई महत्वपूर्ण जित दिलाए ।

फ्रेन्ड्सले पनि केही गोलका अवसर गुमाएको थियो ।

खेलमा ‘म्यान अफ दी म्याच’ एपीएफका प्रविन नै चुनिँदै रु १० हजार प्राप्त गरे ।

जितसँगै एपीएफले २ खेलबाट चार अंक जोडेको छ । एपीएफले पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको थियो ।

फ्रेन्ड्सको भने यो लगातार दोस्रो हार हो । यसअघि, फ्रेन्ड्स थ्रीस्टारसँग पराजित भएको थियो । रासस