२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धनगढीको क्यासिनोबाट थप एक मलेसियन नागरिक पक्राउ


0
Shares

बिराज रोस्यारा/ईमेज:
कैलाली, बैशाख २४ । धनगढीको साथी होटेलमा रहेको ‘किंग्स लंग ग्याबिङ क्लब’ नामको क्यासिनोबाट थप एक मलेसियन नागरिक पक्राउ परेका छन ।

आईतबार राति पुनः छापा हान्दा मलेसियन नागरिक मोहमद आजाम जोस्फो पक्राउ परेका हुन ।

उनको साथ बाट भारतीय २ लाख रुपैयाँ र नेपाली १२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले साथी होटल साथीको कोठा नम्बर २०६ मा लुकिरहेको अबस्थामा पक्राउ गरेको हो ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए ।

आईतबार दिउँसो नै प्रहरीले किंग्स लंग ग्याबिङ क्लबमा छापा मारी नेपाला प्रतिवन्धित भारतीय २ हजार र ५०० दरका १० लाख ५ हजार भारतीय रुपैयाँ बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्र्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वीरवहादुर वुढामगरको नेतृत्वमा गएको टोलीले साथी होटेलमा रहेको उक्त क्यासिनो छापा मारी क्यासिनोका म्यानेजर सुजन दाहाल सहित पैषा नियन्त्रणमा लिइएको थियो ।

ईमेजखवरमा क्यासिनोका सन्चालक मध्येका एकजना मलेसियन नागरिक मोहम्मद आजाम जोस्फो क्यासिनोमै लुकेर बसेपनि प्रहरीले पक्राउ गर्न नसकेन समाचार प्रकाशित भएपछि राती अबेर पुनः छापा मारी पक्राउ गरेको हो ।

पक्राउ परेका क्यासिनोका म्यानेजर दाहाल र मलेसिय नागरिक मोहमद सहित बरामद रुपैयाँलाई आन्तरिक राजश्व विभागमा वुझाईने प्रहरीले जनाएको छ ।