१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बार्सिलोना र रियल मड्रिडबीच तनावपूर्ण भिडन्त


0
Shares

आइतबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको सिजनको अन्तिम ‘एल क्लासिको’मा घरेलु टोलीले दुईपटक अग्रता लिएरपनि खेल जित्न भने सकेन ।

निकै तनावपूर्ण खेलको १०औं मिनेटमा लुइस सुवारेजको गोलमार्फत् बार्सिलोनाले अग्रता बनायो । तर, १४औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका सर्जी रोबेर्टोले रातोकार्ड खाएपछि टोली १० जनामा समेटियो ।

दोस्रो हाफको ५२औं मिनेटमा बार्सिलोनाका लियोनल मेसीले गोल गरेपछि बार्साले खेलमा दोस्रोपटक अग्रता लियो । तर, ७२औं मिनेटमा ग्यारेथ बेलले एक गोल फर्काउँदै खेललाई २/२ गोलको बराबरीमा पुर्‍याए ।

यो बाराबरीसँगै स्पेनिस लिग च्याम्पियन बार्सिलोनाले आफ्नो कीर्तिमानी अपराजित यात्रालाई कायमै राखेको छ ।