१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अमेरिकी विदेशमन्त्री पोम्पेओ ‘अकस्मात्’ उत्तर कोरियामा


0
Shares

उनी बुधबार उत्तर कोरिया पुगेको बताइएको छ । उनी उत्तर कोरियाको राजधानी प्योङयाङ अवतरण गर्दा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताइन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको बेला विदेशमन्त्री पेम्पेओ उत्तर कोरिया पुगेका हुन् । यस भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ ।

उनले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।

उनी अघोषित भ्रमणका लागि त्यहाँ गएका हुन् । यसबाट अमेरिका र कोरियाबीच हुने भनिएको आसन्न उच्चस्तीय वार्ताको सफलताका लागि सहयोग मिल्ने अपेक्षा गरिएको छ । रासस/एएफपी