
भक्तपुर, वैशाख २८ । नेकपा माओवादी केन्द्रका सचिव देव गुरुङले केपी ओलीले पुष्पकमल दाहाललाई नाम मात्रको अध्यक्ष बनाउन खोजेको आरोप लगाएका छन् ।
भक्तपुरमा गरिएको कार्यक्रममा नेता गुरुङले क्याबिनेटका निर्णयबाहेक अरु महत्वपूर्ण निर्णय अध्यक्ष दाहाललाई नसोधी भइरहेको बताए ।
पार्टी एकीकरणपछिको पार्टीमा दुबै अध्यक्ष रही एउटाले सरकारको र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भए पनि पछिल्लो समयमा ओलीको व्यवहार त्यस्तो नभएको उनको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण प्रसंगमा नेता गुरुङले नेपाल–भारत सम्बन्ध विस्तारको स्वरुप भएको बताउँदै भ्रमणका समयमा नेपालीभन्दा भारतीय सुरक्षाकर्मी बढी हुनु कूटनीतिक छलफलको विषय बनेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्