
काठमाडौं, बैशाख ३१ । भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ ।
राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सबैभन्दा बढी उत्तरप्रदेशमा १८, आन्ध्र प्रदेशमा ९ तथा पश्चिम बंगालमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थुप्रैं मानिस घाइते भएका छन् ।
दिल्लीमा १०९ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको बताइएको छ । हावाहुरीकै कारण रेलसेवादेखि सडक यातायात अवरुद्ध भएको थियो ।
उत्तरप्रदेशमा आजपनि हमावाहुरी चल्ने मौसमविदहरुले जनाएका छन् । यसअघि मे २ मा पनि यस्तै हावाहुरीमा परेर एक सय जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्