Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गर्ने समातिए


0
Shares

पक्राउ पर्नेमा सुर्खेत, तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्का छन् ।

उनीहरुलाई डोल्पाको त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकिरहेका अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका–३, जीँउबाट सोमबार साँझ पक्राउ गरेको जिप्रका डोल्पाले जनाएको छ ।

नेपाल बन्द आह्वानको सिलसिलामा गत वैशाख ३० मा पक्राउ परेका डोल्पा, मुड्केचुला गाउँपालिका–२ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका–९ मा पर्ने भेत्तीडाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर भगाएपछि प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

पक्राउ परेका दुईजनाको सुराकीमा लत्ताकपडा, चन्दा, रसिद ठेली, स्याटलाइट फोनजस्तो देखिने एकथान फोन बरामद गरिएको छ ।

घटनामा संलग्न ६ जनामध्ये दुईजना पक्राउ गर्न सफल भएपनि अरु फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस