काठमाडौं, कात्तिक २६ । पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन ।
केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् । तल्लो तहमा तात्कालिन एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन् । यी दुईबीच गत जेठमा एकता भएको थियो ।
केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन् । यी कमिटी मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो भए पनि बैठक बस्न छाडेको छ ।
एकतासम्बन्धी प्रस्ताव तयार पार्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदल बनाइएको छ । कार्यदलले सबै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसँग छलफल गरे पनि अन्तिम प्रस्ताव दिन सकेको छैन । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्