२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अपांगता भएकी पूर्वलडाकू बलात्कृत


0
Shares

रोल्पा, जेठ ९ । रोल्पाको त्रिवेणी गाउँपालिका–५ की अपांगता भएकी २५ वर्षीया एक महिला बलात्कृत भएकी छन् ।

पूर्व माओवादी लडाकूसमेत रहेकी ती महिला माओवादी युद्धताका अपांग भएकी थिइन् ।

बोल्न नसक्ने तथा हातखुट्टा नचल्ने अवस्थामा रहेकी उनलाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ ।

घरमै बसिरहेको अवस्थामा अपांग महिलालाई जबर्जस्ती करणी गर्ने कामीलाई प्रहरीले पक्राउ गरी कानूनी कारबाहीका जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताइएको छ ।

जिल्ला अस्पताल, रेउघामा स्वास्थ्य परीक्षणपछि महिलालाई घर पठाइएको तथा अभियुक्त कामीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

अभियुक्त कामीलाई जबर्जस्ती करणीअन्तर्गत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ । (रासस)