१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


श्रीमतीको हत्या गरी फरार रहेका लिम्बु पक्राउ


0
Shares

इलाम, जेठ ११ । श्रीमतीको हत्या गरी फरार अभियुक्त मदन लिम्बु पक्राउ परेका छन् ।

लिम्बुलाई प्रहरीको टोलीले इलाम नगरपालिका–९ स्थित घटना भएको स्थान आसपासमा लुकीछिपी बसेको अवस्थामा आज बिहान ६ः४० बजे पक्राउ गरेको हो ।

इलामको माईजोगमाई गाउँपालिका–५ सोयाङ घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८/३९ का लिम्बुले घरायसी विवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बुलाई बिहीबार खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

घाईते बिमलाको उपचारको क्रममा बिहीबार राती नै जिल्ला आस्पाताल इलाममा मृत्यु भएको हो । खुकुरी प्रहार गरेर फरार रहेका लिम्बुलाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।