
जिल्ला अदालत मोरङमा गत बुधबार सुरु भएको बयान आगामी आइतबार पनि जारी रहने जिल्ला अदालत मोरङले जनाएको छ ।
अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमकाअनुसार आइतबार गोरेको बयान सक्ने लक्ष्य रहेको छ । त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।
गोरोलाई बयानकाक्रममा आइतबार भिडियो सामग्री पनि देखाइने पनि जनाइएको छ ।
शुक्रबार तेस्रो दिन पनि करिब साढे ४ घन्टा उनको बयान लिइएको छ । गोरेबाट अहिलेसम्म २७ पन्ने बयान लिइएको छ ।
बयानकाक्रममा गोरेल विषयलाई अन्यत्र मोड्ने प्रयास बारम्बार गर्ने गरेको पनि बयानमा सहभागीहरुले बताएका छन् ।
गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी–पैठारीको मुद्दा लगाइएको छ ।
आचार्यमाथि १० दिनको म्याद थप
यसैबीच, सुन तस्करी र सनम हत्याकान्डमा संलग्न भएको आरोपमा बिहीबार मोरङको उर्लाबारीबाट नियन्त्रणमा लिइएका रेवत आचार्यमाथि अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।
प्रहरीले आर्चायलाई शुक्रबार अदालतमा हाजिर गराएर म्याद थप गरेको हो ।
गोरेले अदालतमा दिएको बयानका आधारमा उर्लाबारीका सुन व्यापारी आर्चायलाई प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्