
बारा, जेठ १२ । बाराको सिमरा बजनीका कृषक दम्पत्ती हत्यामा संलग्न रहेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा जीतपुर-सिमरा उपमहानगरपालिका–२ का रमेश थापा, सोही वडाका गोपालबहादुर लामा, वडा नं. ३ का गुप्तबहादुर लामा र नवलपरासी, गैंडाकोटका अर्जुन नेपाली छन् ।
घटनाका मुख्य योजनाकार रमेश थापा भएको बाराका प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन ।
गत मंसिर १६ गते राति जीतपुर-सिमरा उपमहानगरपालिका वडा नं. ३ बजनी बस्ने कृषक दम्पत्ती दिपकराज सुवेदी र उनका श्रीमती दीपा सुवेदीलाई हथौडा र रड प्रहार गरी हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्