२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


श्रीमान् विदेश भएकी युवतीले गरिन् नवजात शिशुको हत्या, दुई पक्राउ


0
Shares

कञ्चनपुर, जेठ १२ । नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्तनगरपालिका–१३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ।

गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म दिएकी हुन् ।

बिहीबार जन्मिएको शिशुको हत्या भएकोे खबर प्राप्त भएपछि शुक्रबार साँझ दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृत नवजात शिशुको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस