२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘गोरे’को बयान सकियो, थुनछेक बहस जारी


0
Shares

विराटनगर, जेठ १३ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ ।

जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको हो । बयानका क्रममा सनम शाक्यलाई यातना दिएको भिडियो समेत गोरेलाई देखाइएको थियो ।

गोरेको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लागेकोे छ ।

बयान सकिए लगत्तै अहिले थुनछेक बहस जारी छ । जिल्ला न्यायाधिवक्ता पुण्य पाठकबाट सरकारको पक्षमा र वकिल यमबहादुर मगरबाट गोरेको पक्षबाट बहस भइरहेको छ ।