२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नुवाकोटबाट हराएका पाँच किशोरीलाई सुर्खेत पुर्‍याएर घरमा बन्धक


0
Shares

बेत्रावती, कात्तिक २४ । नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ ।

गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारबाहीका लागि शनिबार नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

उनकाअनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–१२ का निर्मल विश्वकर्माको घरमा बन्धक बनाएर राखेको अवस्था प्रहरीले उनीहरुलाई शुक्रबार उद्धार गरेको हो ।

किशोरीहरुको उद्धारपछि बन्धक बनाउने विश्वकर्मालाई नियन्त्रणमा लिएर कारबाहीका लागि त्यहाँको प्रहरीले नुवाकोटतर्फ पठाएको हो ।

शुक्रबार राति यहाँबाट गएका पीडित किशोरीका अभिभावक र प्रहरीले शनिबार त्यहाँबाट बन्धक बनाउने विश्वकर्मा र किशोरीलाई नुवाकोटतर्फ ल्याइरहेका छन् । रासस