२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


किशोरीलाई गर्भवती बनाएको आरोप लागेका प्रहरीलाई सफाइ


0
Shares

पाँचथर, जेठ १४ । पाँचथरकी एक किशोरीलाई गर्भवती बनाएको आरोप लागेका प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् ।

फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो ।

उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् ।

एक विपन्न परिवारको किशोरीलाई गर्भवती बनाएको भनिएका ठटालले किशोरीको अभिभावकलाई पैसा दिएर गर्भपतन गराउन खोजेको आरोप लागेको थियो ।

फिदिमस्थित औषधि पसलमा उनका बाबुले गर्भपतन गराउने औषधि मागेपछि पसल सञ्चालकले सोधखोज गरेका थिए । यस क्रममा पीडित किशोरीका बाबुले छोरीलाई ठटालले बलात्कार गरेको र उनैले गर्भपतन गराउन पठाएको बताएपछि उक्त विषय सार्वजनिक भएको थियो । (रासस)